News Griha :: न्यूजगृह
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए।
पारिश्रमिक विवादः अपर त्रिशूली जलविद्युत् आयोजनामा मजदुरद्वारा तोडफोड
पारिश्रमिक विवादः अपर त्रिशूली जलविद्युत् आयोजनामा मजदुरद्वारा तोडफोड नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा रसुवाको उत्तरगया र आमाछोदिङ गाउँपालिका–१ स्थित मैलुङमा निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो।
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र छ। नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो। 
सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो
सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।
सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी
सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित भएका छन्। ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौँ अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन्।
एमाले नेतासहित ९ जना जुवा खालबाट पक्राउ
एमाले नेतासहित ९ जना जुवा खालबाट पक्राउ नेकपा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
यी तीन प्रदेशमा भारी वर्षा हुने
यी तीन प्रदेशमा भारी वर्षा हुने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६  रिक्टरस्केलको भूकम्प भएको हो । 
चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु
चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो।
भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता
भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले जानकारी दिए।
राति यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना
राति यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन
जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको निधन मध्यपहाडी लोकमार्गमा सरकारी जीप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ। घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो। तीन जनाको मृत्यु भए पनि अन्य एक पुरुषको पहिचान खुलेको छैन।
Weather Update