News Griha :: न्यूजगृह
घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं — दाङको घोराही–लमही सडकखण्डको वेलदमार मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवणकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेका इलाका प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर प्रकाश भुसालले जानकारी दिए।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ वेलदमारमा दुर्घटनामा परेका थिए।

मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरूलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो। चिकित्सकहरूले उनीहरूको मृत्यु भएको पुष्टि गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:५८
Weather Update