News Griha :: न्यूजगृह
भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला

काठमाडौं— गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोशी नदीमा जीप खसेर बेपत्ता चालकको शव फेला परेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो। 

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:०३
Weather Update