News Griha :: न्यूजगृह
संविधान दिवसमा सुरक्षा निकाय ‘हाई अलर्ट’:  अवाञ्छित गतिविधि गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन
फाइल तस्बिर।

काठमाडौं— संविधानविरोधी भड्काउ अभिव्यक्ति दिएर उक्साउने व्यक्ति तथा समूहहरूको प्रहरीले कडा निगरानी गरिरहेको छ।

सामाजिक सञ्जाल, युट्युबलगायतका विभिन्न माध्यम प्रयोग गरी शान्ति सुरक्षालाई खलल पुर्‍याउने  गतिविधिमा संलग्नमाथि निगरानी गर्न काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन 'अवाञ्छित गतिविधि' रोक्न कै लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कमान्ड सेन्टर स्थापना गरिएको छ।

संविधानको विरोध गर्ने नाममा जनतालाई भड्काउनेको निगरानी गर्न सादा सादा पोसाकका प्रहरीलाई गोप्रो क्यामेरासहित खटाइएको छ।

काठमाडौंमा कम्तीमा ६०, ललितपुरमा १३ र भक्तपुरमा १० जना प्रहरीलाई गोप्रो क्यामेरासहित सादा पोसाकमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

'शान्ति सुरक्षालाई खलल पार्ने सामाजिक सञ्जाल र युट्युबलगायतका माध्यम प्रयोग गरेर कानुन कार्यान्वयनमा अवरोध पुर्‍याउने व्यक्ति तथा समूहको निगरानीमा आवश्यक सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गरिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसलाई मनाउन अवरोध गर्नेहरू निगरानीमा छन्,' उनले भनिन्। काठमाडौं उपत्यका छिर्ने सबै नाकामा कडा निगरानी गरिएको समेत प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:३२
Weather Update