News Griha :: न्यूजगृह
आज दरबारमार्गमा ‘नेसनल डे  कन्सर्ट’, यस्ताे छ डाइभर्सन र पार्किङ्ग व्यवस्थापन

काठमाडौं— सरकारले बिहीबार संविधान दिवसको सन्दर्भमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका लागि दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ ।

त्यहाँ ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाइएको छ। बुधबार स्टेज निर्माण भइरहेका बेला ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको थियो।

durbarmarg_2-1726709606.jpgकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीसाधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।

दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै आसपास क्षेत्रमा जाम देखिएको थियो। सरकारले संविधान दिवसको अवसरमा बिहीबार बिहान मूल समारोह सैनिक मञ्च टुँडिखेलमा गर्ने र दिउँसो ४ बजे नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने जनाएको छ।

durbarmarg_1-1726709606.jpgदरबारमार्गमा हुने ‘नेसनल डे  कन्सर्ट’ अबधीभरको डाइभर्सन तथा पार्किङ व्यवस्थापन

सि.नं.

पार्किङ स्थल

टुडिखेल :  ललितपुर, भक्तपुर, कलंकी र किर्तिपुर एरियाबाट आउने सम्पुर्ण सवारी साधनहरु

सुन्धारा, धरहरा :  कलंकी, किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

प्रज्ञा प्रतिष्ठान : ललितपुर, भक्तपुर, कलंकी, किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

भृकुटीमण्डप : ललितपुर, भक्तपुर, कलंकी,किर्तिपुर एरियाबाट आउने सवारी साधनहरु

काठमाण्डौ भ्युटावर : भक्तपुर, कोटेश्वरबाट आउने सवारी साधनहरु

नेपाल स्काउट लैनचौर र खानी विभाग: बालाजु र महाराजगंजबाट आउने साना सवारी साधन

संचयकोष भवन ठमेल (अण्डरग्राउण्ड पार्किङ) : बालाजु साइडबाट आउने साना सवारी साधनहरु

सानो गौचरण फुटबल ग्राउण्ड : बौद्ध, गौशाला एरियाबाट आउने सवारी साधनहरु

खानीविभाग :  महाराजगंज, बुढानिलकण्ठ एरियाबाट आउने सवारी साधनहरु

१०

नारायणचौर वरिपरि एक लाईन (बैकल्पिक पार्किङ)

११

कृष्णपाउरोटीदेखि ल्होत्से एक लाईन (बैकल्पिक पार्किङ)

१२

खुशिबु करिडोर: बालाजु तर्फबाट आउने साना  ठूला सवारी साधन (बैकल्पिक पार्किङ)

१३

महेन्द्रशालिक कृष्णपाउरोटी मोड मोटरसाईकल मात्र (बैकल्पिक पार्किङ)

१४

प्रदर्शनी मार्ग सडक ( एकलाईन बैकल्पिक पार्किङ)

कार्यक्रम अवधिभर आवश्यकता अनुसार सवारी साधन डाइभर्सन गरिने स्थानहरू

पुर्णरुपमा हुने  डाइभर्सन

पहिलो चरणमा गरिने डाइभर्सन

दोस्रो चरणमा गरिने  डाइभर्सन

केशरमहल, जयनेपाल र तिनधारा पाठशालाबाट  कार्यक्रमस्थलतर्फ जाने सवारी साधनहरु कार्यक्रम अबधीभर पूर्णरुपमा डाइभर्सन गरिने

  • लैनचौरबाट केशरमहलतर्फ
  • नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ
  • कृष्णपाउरोटीबाट जयनेपालतर्फ
  • कमलादी मोडबाट गणेशस्थानतर्फ
  • भोटाहिटीबाट जमलतर्फ
  • ठमेल संचय कोषबाट केशरमहलतर्फ
  • बालाजुबाट सोह्रखुट्टे हुदै लैनचौरतर्फ
  • सामाखुशीबाट लैनचौरतर्फ
  • नारायण गोपाल चोकबाट खानीविभागतर्फ
  • सुकेधाराबाट विशालनगरतर्फ
  • गौशालाबाट रातोपुलतर्फ
  • माईतिघरबाट सिंहदरवार, भद्रकालीतर्फ
  • भद्रकालीबाट नागस्थानतर्फ
  • त्रिपुरेश्वरबाट नागस्थानतर्फ

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:१९
Weather Update