News Griha :: न्यूजगृह
जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, साउन २० गते भोटो देखाइने
जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, साउन २० गते भोटो देखाइने जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ। जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन्।
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशमा आज भारी वर्षाको सम्भावना तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको निधन
वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको निधन सङ्गीत गुरु गुरुदेव कामतको निधन भएको छ। सिरहास्थित पोखरभिन्डा घरमा उनको बिहीबार बिहान ८ बजे उनको निधन भएको उनका छोरा समीरले जानकारी दिए।
सरकारी जग्गामा बनाइएको चर्च भत्काइयो
सरकारी जग्गामा बनाइएको चर्च भत्काइयो सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ। वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो। चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सापासबिना निर्माण गरेको पाइएको छ।
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ। नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान
पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। 
रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थान डुबानमा 
रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थान डुबानमा  बुधबार बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। 
भोजपुरमा बाढीले हाइड्रोमा कार्यरत २ जना मजदुर बगायो, एकको उद्धार
भोजपुरमा बाढीले हाइड्रोमा कार्यरत २ जना मजदुर बगायो, एकको उद्धार भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ।बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज यी प्रदेशमा धेरै भारी वर्षको सम्भावना
आज यी प्रदेशमा धेरै भारी वर्षको सम्भावना कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
काठमाडौं उपत्यकाका अधिकांश नदीको जलसतह खतराको तह आसपास
काठमाडौं उपत्यकाका अधिकांश नदीको जलसतह खतराको तह आसपास काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो। 
राति धेरै भारी वर्षाको सम्भावना
राति धेरै भारी वर्षाको सम्भावना हाल मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
Weather Update