अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणः श्रीमान् पक्राउशुक्रबार, भदौ ७, २०८१
![सेनाले माग्यो २८० जना अधिकृत क्याडेट [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal_army_1-1712891138.jpg)
सेनाले माग्यो २८० जना अधिकृत क्याडेट [विज्ञापनसहित] शुक्रबार, भदौ ७, २०८१ नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ। सेनाले रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते शुक्रबार, भदौ ७, २०८१ पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

बाढीले कञ्चनपुरमा १ अर्ब ५७ करोड रुपैयाँ बराबरको क्षति शुक्रबार, भदौ ७, २०८१ 'बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ,' निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने।

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन ! शुक्रबार, भदौ ७, २०८१ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो ।

बाढीले कैलालीको जनजीवन प्रभावित बिहीबार, भदौ ६, २०८१ भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ। आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन्। बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो।

मकवानपुरको मनहरीमा भैँसीले बाघ मार्यो ! बिहीबार, भदौ ६, २०८१ मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो।

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि बिहीबार, भदौ ६, २०८१ विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ। क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो। क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ।

सर्लाही र उदयपुरमा भारी वर्षा बिहीबार, भदौ ६, २०८१ सर्लाही, उदयपुरलगायत क्षेत्रमा भारी वर्षा भएको छ।सर्लाहीको पत्थरकोट वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिनभर कहाँ–कहाँ वर्षाको सम्भावना? बिहीबार, भदौ ६, २०८१ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा बुधबार, भदौ ५, २०८१ शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन्।केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्।

पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान बुधबार, भदौ ५, २०८१ भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ।

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध बुधबार, भदौ ५, २०८१ सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।