बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षतिसोमबार, असार ३१, २०८१
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध सोमबार, असार ३१, २०८१ पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ। मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए।
माहेश्वरी महिला मञ्चको अध्यक्षमा ललिता जाजू निर्वाचित सोमबार, असार ३१, २०८१ मारवाडी समुदाय अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरको अध्यक्षमा ललिता जाजू निर्वाचित भएकी छन्।
बाढीपहिरोले सडक बगाउँदा तीन गाउँका स्थानीय समस्यामा आइतबार, असार ३०, २०८१ दुई साताअघि आएको बाढीपहिरोले सडक बगाउँदा बेँसीसहर नगरपालिका–११ का रुम्टाबेँसी, बजारखुट्टा र बुढीकुवा बगरबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ। बेँसीसहर–१ बट वडा नंं ११ चिती जोड्ने रिट्ठेबगर–बूढीकुवा खण्डअन्तर्गत वडा नंं १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदालयात्रा समेत नहुँदा तीन गाउँका स्थानीय समस्यामा पर्दै आएका हुन्।
बागलुङमा मनसुनजन्य विपद्बाट मृत्यु भएकाको परिवारलाई राहत आइतबार, असार ३०, २०८१ मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ। मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले ६ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ। बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो।
झापामा हात्तीले चार घरमा पुर्यायो क्षति आइतबार, असार ३०, २०८१ झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ। राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो।
पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर खुल्यो आइतबार, असार ३०, २०८१ पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ। करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो।
वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध आइतबार, असार ३०, २०८१ निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।सदरमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ।
भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत आइतबार, असार ३०, २०८१ आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन्।
मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला आइतबार, असार ३०, २०८१ जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन्। जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन्।
त्रिविमा शैक्षिक क्यालेन्डर लागू, कार्यान्वयन होला? शनिबार, असार २९, २०८१ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।
कर्णाली करिडोर अवरुद्ध शनिबार, असार २९, २०८१ यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ। सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो।
वाटर ड्रोनको प्रयोग गरेर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजिदै शनिबार, असार २९, २०८१ शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ।