News Griha :: न्यूजगृह
रूपन्देहीमा ३ वटा सवारिसाधन ठोक्किँदा स्कुटर चालक युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर।

बुटवल— रूपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन्।

दुर्घटना सोमबार बेलुकी भएको थियो। लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो।

त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जीपमा ठोक्किएको थियो। सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:२१
Weather Update