बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तितशुक्रबार, असार २८, २०८१
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट] शुक्रबार, असार २८, २०८१ पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट...
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु शुक्रबार, असार २८, २०८१ घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।
पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशङ्का, करिब ६५ यात्रु बेपत्ता [अपडेट] शुक्रबार, असार २८, २०८१ नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ। बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ।
पहिरोमा परेर कास्कीमा एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु शुक्रबार, असार २८, २०८१ अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्।
नारायणगढ—मुग्लिन सडकमा पहिरोले दुई यात्रुबस बगायो, अर्को यात्रुबसमा ढुङ्गा लाग्दा चालकको मृत्यु शुक्रबार, असार २८, २०८१ नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डा सन्दुक रुइतलाई श्रीपति समाजसेवा पुरस्कार बिहीबार, असार २७, २०८१ स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।
स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन बिहीबार, असार २७, २०८१ स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ। बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए। उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ।
वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो बिहीबार, असार २७, २०८१ पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो।
छानबिन समितिले गर्यो अर्थमन्त्रालय लगायतका निकायसँग छलफल बिहीबार, असार २७, २०८१ प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ।
झापामा मिटरब्याजसम्बन्धी ८३ उजुरी दर्ता बिहीबार, असार २७, २०८१ जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन्।
६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा, आन्दोलन गर्ने चेतावनी बिहीबार, असार २७, २०८१ चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
मण्डनदेउपुरले लगायो मालबाहक यातायातका साधन सञ्चालनमा रोक बिहीबार, असार २७, २०८१ मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ। वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।