News Griha :: न्यूजगृह
पानीको निकास थुनिँदा कञ्चनपुरको कलुवापुर बजार जलमग्न
पानीको निकास थुनिँदा कञ्चनपुरको कलुवापुर बजार जलमग्न वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन्। दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ। 
रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला
रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका–४ का सर्वजीत रायको छोरा १६ वर्षीय सचिन कुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा फेला परेको हो।
बागलुङ पहिरो: चार बालक अझै बेपत्ता, चारलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइयो [अपडेट]
बागलुङ पहिरो: चार बालक अझै बेपत्ता, चारलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइयो [अपडेट] मंगलबार बिहान पहिरोले घर पुरिँदा बडिगाड गाउँपालिका–१० मा ६ जना र बडिगाड गाउँपालिका–९ मा २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।
 मुग्लिन–मलेखु सडक अवरुद्ध
 मुग्लिन–मलेखु सडक अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेलमा, महानगरले मापदण्ड पालनाको अनुगमन गर्ने
काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेलमा, महानगरले मापदण्ड पालनाको अनुगमन गर्ने  काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
पहिरोमा पुरिएर बागलुङमा १५ वर्षीय किशोरको मृत्यु
पहिरोमा पुरिएर बागलुङमा १५ वर्षीय किशोरको मृत्यु बडिगाड गाउँपालिका वडा नम्बर ९ दर्लिङखोलामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।
मोरङ र सप्तरीमा भारी वर्षा
मोरङ र सप्तरीमा भारी वर्षा त्यस्तै सप्तरीको रुपनी बजारमा १६८.८ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोकको बाहुनेपाटी केन्द्रमा ८०.६ मिलिमिटर वर्षात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुनसरीको धरान बजारमा ८७, मोरङको केराबारीमा ७९.२, सिन्धुपाल्चोकको ढुंगेमा ७३.४ मिलिमिटर पानी परेको छ।
‘केयर गिभर’मा इजरायल जाने तीन हजार ४६१ जनाको आवेदन स्वीकृत
‘केयर गिभर’मा इजरायल जाने तीन हजार ४६१ जनाको आवेदन स्वीकृत वैदेशिक रोजगार विभागका अनुसार दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको हो।
यी चार प्रदेशमा आज अति भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा आज अति भारी वर्षाको सम्भावना राति  देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ।
बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता
बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ।
नेपाल–भारत सीमास्थलमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको निर्देशन
नेपाल–भारत सीमास्थलमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको निर्देशन सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको समितिको बैठकले बंगलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत् जावत्‌लाई व्यवस्थित गर्न तथा मानिसको चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो । 
बङ्गलादेशमा रहेका नेपालीलाई दूतावासको अनुरोधः अधिकतम सतर्कता अपनाउनू
बङ्गलादेशमा रहेका नेपालीलाई दूतावासको अनुरोधः अधिकतम सतर्कता अपनाउनू बङ्गलादेशमा आन्दोलन पुनः चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।
Weather Update