News Griha :: न्यूजगृह
मासु खाँदा घाँटीमा हड्डी अडकिएर ५९ वर्षीय पुरुषको मृत्यु 

चितवन— घाँटीमा हड्डी अडकिएर उपचारका लागि भरतपुरको सरकारी अस्पतालमा भर्ना भएका ५९ वर्षीय छामबहादुर रानामगरको बुधबार मृत्यु भएको छ।

तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका–१ गङ्गानगर आएका थिए।

बुधबार बिहान मासु र खाना खाँदा उनको घाँटीमा हड्डी अडकिएको थियो।

भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:२६
Weather Update