गण्डकीमा ५० प्रतिशत रोपाइँबिहीबार, असार २७, २०८१
मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण बढ्दो, वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ बिहीबार, असार २७, २०८१ मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरले माग्यो ३० हेभी सवारी चालक बिहीबार, असार २७, २०८१ काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालक (ड्राइभर) को माग गरेको छ।
बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको भेट बिहीबार, असार २७, २०८१ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन्। प्रमुख बालेनको कार्यकक्षमा उनीहरुबीच भेटघाट भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए बिहीबार, असार २७, २०८१ अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन्। सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह बिहीबार, असार २७, २०८१ नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए।
खेतीपातीमा रमाउँदै वनकरिया समुदाय बुधबार, असार २६, २०८१ यहाँको मनहरि गाउँपालिका–४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजान्छिन्। १८ वर्ष अघिसम्म वन केराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उनले बिर्सिएकी छैनन्। तर, उनी अहिलेको जीवनमा रमाइरहेकी छिन्।
युवाको सारथी बन्दै पोखरा महानगरपालिका बुधबार, असार २६, २०८१ रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ।
चितवनमा मिटरब्याज सम्बन्धी ५९ वटा उजुरी दर्ता बुधबार, असार २६, २०८१ चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन्।
बाढीमा फसेका स्वास्थ्यकर्मीको २ घण्टापछि सकुशल उद्धार बुधबार, असार २६, २०८१ सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ। चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत रहेका छन्।
अविरल वर्षापछि अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन बुधबार, असार २६, २०८१ पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ। मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
दाउरा निकाल्ने क्रममा सेती नदीले बगाउँदा एक जना बेपत्ता बुधबार, असार २६, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।
रामेछापमा जीप दुर्घटना, एकको मृत्यु, नौ जना घाइते बुधबार, असार २६, २०८१ रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मङ्गलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।