News Griha :: न्यूजगृह
काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेलमा, महानगरले मापदण्ड पालनाको अनुगमन गर्ने

काठमाडौं—  काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध हुन आग्रह गरेको हो। 

‘होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ,’ उपप्रमुख डङ्गोलले भनिन्, ‘समूह विभाजन गरेर अनुगमन गर्न सकिन्छ। उनले होस्टेल सङ्घको तथ्याङ्क उदृत गर्दै भनिन्, ‘उहाँहरु ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ। यत्रो ठूलो सङ्ख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:३७
Weather Update