News Griha :: न्यूजगृह
अरनिको राजमार्ग दुईतर्फी ठप्प
फाइल तस्बिर।

काभ्रे— अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रूख ढल्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आइतबार बिहान साढे ४ बजेतिर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८, बन्देउ डाँडास्थित अरनिको राजमार्गमा सुख्खा पहिरोसहित रूख ढल्दा बाटो दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त स्थानमा पहिरो झरिराखेको कारण हटाउन कठिन भएको छ। पहिरो हटाउन केही समय लाग्ने उनले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:४१
Weather Update