टीआरसीको कार्यावधि थप्ने मन्त्रिपरिषद्को निर्णयमंगलबार, असार १९, २०८०

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, असार १९, २०८० रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा. बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लुम्बिनीमा ८११ किलोमिटर सडक कालोपत्र मंगलबार, असार १९, २०८० लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।

गाउँघरमा देखिन छाडे हलगोरु मंगलबार, असार १९, २०८० असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रूपमा गोरुको...

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद मंगलबार, असार १९, २०८० बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते प्रधानाध्यापकको मृत्यु मंगलबार, असार १९, २०८० दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारीको मृत्यु भएको हो ।

किसानलाई मल अभाव मंगलबार, असार १९, २०८० बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो ।

गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते मंगलबार, असार १९, २०८० गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु मंगलबार, असार १९, २०८० पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

अर्घाखाँचीमा पहिरोमा पुरिएका चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर मंगलबार, असार १९, २०८० अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै मंगलबार, असार १९, २०८० बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै मंगलबार, असार १९, २०८० संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

जुम्ला घटना : बाबुराम भन्छन्— मानवताविरुद्धकै अपराध मंगलबार, असार १९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जुम्लामा फेरि अर्को निकृष्ट जातीय भेदभाव र छुवाछूतजन्य अपराध भएको बताएका छन् ।