दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ताबुधबार, असार २०, २०८०

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हास्मीबीच शिष्टाचार भेट बुधबार, असार २०, २०८० प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हास्मीबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते बुधबार, असार २०, २०८० महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलबार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

वर्षाका कारण भोजपरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प बुधबार, असार २०, २०८० निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरो खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ ।

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा बुधबार, असार २०, २०८० ललितपुर महानगरका ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ ।

गैँडा मारेको अभियोगमा तीन पक्राउ बुधबार, असार २०, २०८० चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते बुधबार, असार २०, २०८० गौरीगञ्ज गाउँपालिका–६ मा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली बुधबार, असार २०, २०८० जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबासमा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।

रामपुरका किसानलाई घाँसका बिरुवा वितरण बुधबार, असार २०, २०८० पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो ।

हुम्लामा अवरुद्ध बाटो खुलाउन पहल बुधबार, असार २०, २०८० हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन बुधबार बिहानैदेखि सुरु गरिएको छ ।

पहिरोले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या बुधबार, असार २०, २०८० पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो ।

असारे झरीले किसानलाई राहत बुधबार, असार २०, २०८० पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।

वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन बुधबार, असार २०, २०८० सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।