प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हास्मीबीच शिष्टाचार भेट

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हास्मीबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १३:४५