News Griha :: न्यूजगृह
गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
प्रतीकात्मक तस्बिर ।

गोरखा— गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर मंगलबार एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । 

गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य छ । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:२३
Weather Update