News Griha :: न्यूजगृह
टीआरसीको कार्यावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं— सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को कार्यावधि आगामी पुस मसान्तसम्म थप्ने निर्णय गरेको छ ।

त्यसका लागि बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।

आयोगसम्बन्धी कानुन संसद्‌बाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका घनश्याम उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:२०
Weather Update