अर्घाखाँचीमा पहिरोमा पुरिएका चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर

अर्घाखाँची— अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।
पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज बिहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरू पुरिएका थिए ।
चारमध्ये तीन जना अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गम्भीर घाइते हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी छन् ।
साथै पहिरोमा पुरिएका १४ वर्षे सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पाको तानसेन पठाइएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० ११:३०