News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:००
Weather Update