यी हुन् सुनका सिक्री लुटपाटमा संलग्न गिरोहका पाँच जनाआइतबार, असार २४, २०८०

डाँका आरोपमा वीरेन्द्रनगर–३ का वडाअध्यक्ष पक्राउ आइतबार, असार २४, २०८० वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ आइतबार, असार २४, २०८० ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख ।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी आइतबार, असार २४, २०८० बिरामी सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

गोरखाको चुमनुब्रीलाई डढेलोमुक्त बनाइने आइतबार, असार २४, २०८० उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

यो साता कस्तो रहला तपाईंका दिन ? यस्तो छ राशिफल आइतबार, असार २४, २०८०

नौ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक आइतबार, असार २४, २०८० पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आइतबार विहानदेखि सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

आइतबार तपाईंको राशिफल आइतबार, असार २४, २०८०

अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ? शनिबार, असार २३, २०८० आँचलको निवेदनमा आफ्नो अनुमति विना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडिओ, तस्बिर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

तीन दिनपछि खुल्यो कर्णाली करिडोर शनिबार, असार २३, २०८० ठाउँठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने शनिबार, असार २३, २०८० मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ ।

सडक विस्तारमा अवरोध नपुर्याउन हेटौँडा उपमहानगरपालिकाको आग्रह शनिबार, असार २३, २०८० हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सडक विस्तारमा अबरोध नपुर्याउन आग्रह गरेकी छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ ।

कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु शनिबार, असार २३, २०८० राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ ।पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए ।