अभिनेत्री आँचल किन पुगिन प्रहरीको साइबर ब्युरोमा ?

काठमाडौं— अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारवाही गर्न भन्दै उनले निवेदन दिएकी हुन् ।
आँचलको निवेदनमा आफ्नो अनुमति विना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडिओ, तस्बिर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८० २१:२६