News Griha :: न्यूजगृह
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटी—  विषालु च्याउ खाँदा दिपायल सिलगढी नगरपालिका– ५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् ।

अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी बिरामी भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिरामी सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:५८
Weather Update