मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : कांग्रेस महामन्त्री थापा शनिबार, असार २३, २०८०

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि शनिबार, असार २३, २०८० मुलुकमा अपराधका घटनाहरू बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’ शनिबार, असार २३, २०८० बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा शनिबार, असार २३, २०८० गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताइन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार गोरु मरिसकेका छन् ।

चारपाङ्ग्रेको ‘लाइसेन्स’ परीक्षा बागलुङबाटै शनिबार, असार २३, २०८० एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध शनिबार, असार २३, २०८० अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ शनिबार, असार २३, २०८० हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु शनिबार, असार २३, २०८० डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमुना टोल शनिबार, असार २३, २०८० साकेला गाउँपालिका–३ खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमुना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो ।

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न शनिबार, असार २३, २०८० बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेबल पुल शनिबार, असार २३, २०८० पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए ।

मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति शनिबार, असार २३, २०८० पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर, यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले बेहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।

मकवानपुरमा ट्रक ठोक्किँदा तीनको मृत्यु शनिबार, असार २३, २०८० मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएको हो ।