News Griha :: न्यूजगृह
डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दिपायल— डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । प्रहरी नायब निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव शनिबार बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ११:५६
Weather Update