
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालीहरूले आत्महत्या गर्ने क्रम बढेको भन्दै अत्यास प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय युवा कलाकारले आत्महत्या गरेको खबरले आफ्नो मन निक्कै भारी भएको उल्लेख गरेका छन् ।
‘मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ’ शीर्षकमा उनले लेखका छन् ‘पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो । एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ । आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ । एकदमै अत्यास लाग्यो ।’
उनले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन नसके आफूहरूले गरेको सङ्घर्ष र राजनीतिको औचित्यमाथि पनि प्रश्न उठाएका छन् । ‘हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?’