News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणः समरजङ्ग कम्पनीका प्रमुख घिमिरे र नापी सर्वेक्षक अर्याल पक्राउ

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् ।

अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख । 

सीआईबीले यसअघि ९ जनालाई पक्राउ गरेको थियो । आइतबार पक्राउ परेका दुईसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या  ११ पुगेको छ । उनीहरुविरुद्ध प्रहरीले सरकारी लिखत किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:३८
Weather Update