
मेष (चु,चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता निकै शुभ रहनेछ । यो साता तपाईंको जागिर तथा व्यवसायमा राम्रो प्रगति हुनेछ । तर आम्दानी र खर्चको अनुपात उस्तै रहने छ । यो हप्ता भोग विलासीका वस्तुहरुमा ठूलो रकम खर्च हुनेछ । यो साता तपाईंको मान सम्मान बढ्नेछ । सहकर्मीहरुले कार्यस्थलमा तपाईंलाई साथ दिनेछन् । सोचेको काम समयमै सम्पन्न हुँदा तपाईंमा बेग्लै उत्साह र ऊर्जा जाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवनसँग सम्बन्धित कुनै पनि प्रमुख समस्याबाट पार पाइने छ । लामो समयदेखि भएको बिरामी वा रोगबाट यो साता स्वास्थ्यमा लाभ देखिनेछ । भाग्योदय हुने योग यो साता छ । यदि तपाईं जागिरका लागी वा विदेशमा व्यवसाय गर्न खोज्दै हुनुहुन्छ भने सबै बाटोहरु यो साता खुल्ने छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता अलि व्यस्त भइने छ, जसको कारण स्वास्थ्यमा केही समस्या हुनसक्छ । यो साता आफ्नो कामसँगै आफ्नो खानपान र दिनचर्यामा पनि पूर्ण ध्यान दिनुपर्ला । साताको सुरुमा अचानक जग्गा निर्माणसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ । व्यवसायमा, आफ्नो प्रतिस्पर्धीबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ, यद्यपि हप्ताको उत्तरार्धमा आफ्नो व्यवसायमा केही सुधारका संकेत देखिनेछन् । वैदेशिक यात्राको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता तपाईंका लागि परिस्थिति अनुकूल रहनेछ । आफन्त तथा शुभचिन्तकको साथ र सहयोग प्राप्त गर्न नसकेर मन केही दुःखी हुनेछ । लामो यात्राहुन सक्छ यात्राको क्रममा आफ्नो स्वास्थ्य र सामान दुवैको राम्रो ख्याल राख्नुपर्ने देखिन्छ । यात्रामा पेटसम्बन्धी समस्या हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सोच विचार गरेर मात्र कामहरु गर्नु पने छ, अन्यथा अवस्था बिग्रन पनि सक्छ । यदि तपाईं व्यवसायसँग सम्बन्धित हुनुहुन्छ भने कुनै पनि ठूलो सम्झौता गर्नु अघि ख्याल गर्नु पर्ने छ । यो साता आफ्ना मिल्ने साथीहरूसँग रमाईलो मनोरञ्जन गर्दा पनि पूर्ण सावधानी अपनाउनु पर्छ अन्यथा वर्षौंदेखि बनेको सम्बन्धमा असर पर्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता शुभ र सौभाग्यले भरिएको छ । यो साता तपाईले सोचेका कामहरु समयमा नै सम्पन्न हुनेछन् । साताको सुरुमा जागीर वा व्यवसायको सिलसिलामा लामो वा छोटो दूरीको यात्रा गर्न सकिनेछ । यात्रा सुखद र अपेक्षा गरिएभन्दा बढी लाभदायी साबित हुनेछ । यदि तपाईं आफ्नो व्यवसाय वा जागीर परिवर्तनको गर्ने सोँचमा हुनुहुन्छ भने यो हप्ता राम्रो हुनेछ । कही कतैबाट राम्रो प्रस्ताव प्राप्त हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता शुभ फलदायी रहनेछ । साताको सुरु देखिनै आफ्नो मन अनुसार काम हुनेछ । तपाईंको विरोधीहरू पराजित हुनेछन् । अदालतसँग सम्बन्धित विषयहरू तपाईंको पक्षमा आउन सक्छन् वा विरोधीहरू आफैंले सम्झौताको लागि तपाईंसँग पहल गर्न सक्छन् । यो साता तपाईको शरीर स्वस्थ रहनेछ भने मन प्रशन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता भाग्यको कम सहयोग मिल्नेछ । साताको सुरुमा परिवारसँग सम्बन्धित कुनै पनि समस्या तपाईंका लागि चिन्ताको विषय बन्नेछ । कामको बोझ पनि एकाएक बढ्न सक्छ । अरुले तपाईंको काम बिगार्ने प्रयास गर्न सक्छन् ।
धनु (ये, यो, भा, भि, भु धा, फा, ढा, भे)
यो साता अलि अस्तव्यस्त र केही चिन्ताका साथ रहनेछ । यो साता तपाईंले आफ्नो बोली र व्यवहारमा नियन्त्रण राख्नु पर्नेछ अन्यथा तपाईंको व्यवहारका कारण कुराहरु बिग्रन सक्छन् । तपाईंको काममा अचानक परिवर्तन हुन सक्छ। अतिरिक्त जिम्मेवारीहरू तपाईमाथि आउन सक्छ । आफ्नो काम समयमै सम्पन्न गर्न थप समय दिनु पर्नेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
यो साता शुभ फलदायी रहनेछ । यस हप्ता चिन्ताबाट छुटकारा पाउन सक्नुहुनेछ। यो साताभर साथीभाइ तथा शुभचिन्तकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ । साताको सुरुमा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुले धेरै लाभ प्राप्त गर्नेछन् । बजारमा फसेको पैसा एकाएक बाहिर आउनेछ । आम्दानीका स्रोतहरु निरन्तर बढ्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता सौभाग्य लिएर आएको छ, तर कुनै पनि ठूलो निर्णय लिँदा आफ्नो मन र मस्तिष्कको पनि प्रयोग गर्नुपर्छ, अन्यथा लाभको साटो नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । साताको प्रारम्भमा पैतृक सम्पत्ति प्राप्तिमा कुनै ठूलो बाधा अड्चन हट्नेछ । साथै कुनै पनि महत्वपूर्ण निर्णय लिँदा शुभचिन्तकहरुको सल्लाह लिनु पर्दछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता सामान्य रहनेछ । यो साता जागीर व्यवसायमा खासै प्रगति वा धन लाभ नदेखिए पनि हानि भने हुने छैन । सबै कुरा सामान्य गतिमा चलिरहेको देख्नुहुनेछ । सोचेको काम समयमा नै सम्पन्न हुनेछ । घरपरिवारसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न दाजुभाइ तथा दिदीबहिनीको पूर्ण सहयोग मिल्नेछ ।