News Griha :: न्यूजगृह

मान्म— तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारण आएको पहिरोले बन्द भएको कर्णाली करिडोर खुलेको हो ।

ठाउँठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।

तीनदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका– ८ को खुलालु-जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको थियो । 

वर्षायामको बेला कर्णाली करिडोर क्षेत्र निकै जोखिम हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २०:३५
Weather Update