
टेकु र संखुवासभा घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन बुधबार, साउन २४, २०८० अधिवक्ता भगवती पाण्डे (शीतल) ले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्बाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले गत साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाइने बुधबार, साउन २४, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्ड बैठकले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको हो ।

ललिता निवास प्रकरणमा पक्राउ परेका २० जना थप एक साता हिरासतमा रहने बुधबार, साउन २४, २०८० बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ ।

नाबालिकामाथि यौनहिंसा गर्ने दुई जना पक्राउ बुधबार, साउन २४, २०८० प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहनामा अनलाइन अडिओ र भिडिओ कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

सङ्खुवासभा कारागारमा झडप, दुई कैदीको मृत्यु बुधबार, साउन २४, २०८० दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

सप्तरीमा २५ घर डुबानमा, चार घरमा क्षति बुधबार, साउन २४, २०८० तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ । निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। स्थानीयलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।

पहिरोमा पुरिएर बालकको मृत्यु बुधबार, साउन २४, २०८० पहिरोमा पुरिएर बिगु गाउँपालिका– २ ओराङका एक बालकको मृत्यु भएको छ । तामाकोसी नदीमा माछा मार्न गएका १४ वर्षीय तिरिश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध बुधबार, साउन २४, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल सडक सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए ।

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता बुधबार, साउन २४, २०८० बागमती गाउँपालिका– ५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये बुधबार बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...

बाढीपहिरोले ठाउँ—ठाउँमा राजमार्ग अवरुद्ध बुधबार, साउन २४, २०८० वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् ।

सर्लाहीमा बाढीबाट दुईको मृत्यु, ७२ जनाकोे उद्धार बुधबार, साउन २४, २०८० सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो ।

पोखराको फोहोर १३ दिनपछि पुनः लामेआहालमा विसर्जन बुधबार, साउन २४, २०८० पोखरा महानगरपालिकाको फोहोर १३ दिनपछि मंगलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर पुनः विसर्जन गरिएको हो ।