News Griha :: न्यूजगृह
पोखराको फोहोर १३ दिनपछि पुनः लामेआहालमा विसर्जन

पोखरा— पोखरा महानगरपालिकाको फोहोर १३ दिनपछि मंगलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर पुनः विसर्जन गरिएको हो ।

स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहोर त्यसै थन्किएको थियो । पोखरा बजार फोहोरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।

महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो ।

महानगर प्रमुख आचार्यले फोहोरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको उक्त विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:००
Weather Update