News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ परेका २० जना थप एक साता हिरासतमा रहने 

काठमाडौं— बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना पक्राउ परेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:१५
Weather Update