अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउनेशुक्रबार, पुस २६, २०८१

८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट छुटे लामिछाने बिहीबार, पुस २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

हेटौँडामा होटलको कोठाभित्र पलेँटी कसेर बसेको अवस्थामा मृत भेटिए युवक बिहीबार, पुस २५, २०८१ शाह पुस १५ देखि होटलमा निरन्तर बस्दै आएका थिए । दिउँसो काम गर्न जान्छु भनेर निस्किने र साँझ होटलमा आएर बस्ने गरेको डीएसपी अर्यालले बताए । आज बिहान ढोका नखुलेको र मृतक शाह होटल बाहिर पनि निस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा शङ्कास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

लामिछानेलाई फेरि पक्राउ गर्ने कि नगर्ने भन्ने कानुनी परामर्शमा कास्की प्रहरी बिहीबार, पुस २५, २०८१ 'यहाँको जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरिसकेको छ । काठमाडौंमा पनि अभियोगपत्र दर्ता भएको छ । अब यहाँबाट पक्राउ गरेर काठमाडौंलाई बुझाउने कि पक्राउ नगरी आफैं अदालतमा उपस्थित हुन दिने भन्नेबारे कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौं,' कास्की प्रहरीका उच्च अधिकारीले भने ।

रवि लामिछानेको हकमा यस्तो छ कास्की अदालतको आदेश बिहीबार, पुस २५, २०८१ जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी प्रकरणः ३ आरोपित धरौटी बुझाएर छुटे बिहीबार, पुस २५, २०८१ अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

धरौटी बुझाए पनि रिहा हुने छैनन् रवि लामिछाने बिहीबार, पुस २५, २०८१ जिल्ला अदालत कास्कीले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेस गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश बिहीबार, पुस २५, २०८१ प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित सभापति रवि लामिछानेलाई समेत अदालतले धरौटीमा छाड्न भनेको छ । उनलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न भनिएको छ ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, पुस २५, २०८१ रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य बिहीबार, पुस २५, २०८१ परिपत्रमा भनिएको छ, 'बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ।'

सबैको ध्यान कास्की अदालतमा : सहकारी ठगी मुद्दाको थुनछेक आदेश लेखन जारी बिहीबार, पुस २५, २०८१ सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहसका सबै प्रक्रिया सकिएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ।सूर्यदर्शन सहकारी ठगीमा मुछिएका प्रतिवादीहरूमाथि लगाइएको सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अहिले आदेश लेखनको काम चलिरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। उनले आदेश आजै आउने सम्भावना...

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर बिहीबार, पुस २५, २०८१ उनी गत मङ्सिर २८ मा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए । घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो ।

डाँका मुद्दामा ६१ वर्ष कैद सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ बिहीबार, पुस २५, २०८१ कपिलवस्तुमा डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएका व्यक्ति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई पक्राउ गरेको हो।