News Griha :: न्यूजगृह
घट्यो काठमाडौंको न्यूनतम तापक्रम
घट्यो काठमाडौंको न्यूनतम तापक्रम मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीको साढे ४ घण्टा सोधपुछ
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङसँग सीआईबीको साढे ४ घण्टा सोधपुछ ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे ४ घण्टा सोधपुछ गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । 
सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय
सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । आजै राति १२ बजेबाट लागू हुनेगरि सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।
भूकम्प अपटेड : नेपालमा १३ घाइते
भूकम्प अपटेड : नेपालमा १३ घाइते उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् ।
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन : भूकम्पविद्
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन : भूकम्पविद् पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए। भूकम्पको भविष्यवाणी...
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ ।हालसम्म भूकम्पमा परी ९५ जनाको मृत्यु भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिइन् । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । 
नेपालमा भूकम्पको क्षतिबारे के भन्छन् सुरक्षा निकाय?
नेपालमा भूकम्पको क्षतिबारे के भन्छन् सुरक्षा निकाय? नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए। 'सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,' उनले भने। 
भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन
भूकम्पको क्षति बुझ्न २५ सय प्रहरी परिचालन चीनको स्वशासित क्षेत्र तिब्बत केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरीका २ हजार ५ सय जवान परिचालन गरिएको छ।
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।
Weather Update