News Griha :: न्यूजगृह
वाइफाइको विषयमा झगडा हुँदा हजुरबुवाको मृत्यु, नातिनातिना हिरासतमा
वाइफाइको विषयमा झगडा हुँदा हजुरबुवाको मृत्यु, नातिनातिना हिरासतमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्माका अनुसार सोमबार साँझ करिब ४ बजेको यो घटना भएको हो । झगडा पछि रमजान गम्भीर भएका थिए । उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
रविसहित सातै जनालाई अदालत लगियो, आजै छुनछेक आदेश आउने सम्भावना, सुरक्षा व्यवस्था कडा
रविसहित सातै जनालाई अदालत लगियो, आजै छुनछेक आदेश आउने सम्भावना, सुरक्षा व्यवस्था कडा सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।
बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ
बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौंको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ ।
हवाई यात्रामा तीव्र वृद्धि, कुन विमानस्थलबाट कतिले गरे यात्रा?
हवाई यात्रामा तीव्र वृद्धि, कुन विमानस्थलबाट कतिले गरे यात्रा? यो संख्या अघिल्लो वर्षको तुलनामा २२.४५ प्रतिशतले बढी हो। सन् २०२३ मा अन्तर्राष्ट्रिय र आन्तरिक गरी एक करोड ३२ लाख ९३ हजार ६८४ जनाले यात्रा गरेका थिए। यसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या सबैभन्दा धेरै छ।
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
साढे ३ करोड चोरीको आरोपमा लागेका युवालाई धरौटीमा छाड्न आदेश
साढे ३ करोड चोरीको आरोपमा लागेका युवालाई धरौटीमा छाड्न आदेश एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ ।
ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु
ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु उनलाई  बिहान तीनदेखि ६ बजेको ड्युटीमा खटाएको थियो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै बेहोस् भएका थिए। सोही ठाउँमा रहेको  बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो।
नुवाकोट कारागारमा कैदीबन्दी स्थानन्तरण हुनेक्रम जारी
नुवाकोट कारागारमा कैदीबन्दी स्थानन्तरण हुनेक्रम जारी नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए।
सूर्यदर्शन सहकारी ठगी: आज थुनछेक बहस सक्ने तयारी
सूर्यदर्शन सहकारी ठगी: आज थुनछेक बहस सक्ने तयारी सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ, र पूर्वसांसद मीना गुरुङका तर्फबाट कानुन व्यवसायीहरूको बहस सक्ने तयारी गरिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।  यसअघि हिजो रास्वपा सभापति लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो। लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकिएसँगै अर्का प्रतिवादी रामबहादुर खनालतर्फका कानुन...
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए । 
Weather Update