भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा विद्यार्थी बेहोस्मंगलबार, पुस २३, २०८१

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै मंगलबार, पुस २३, २०८१ प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, 'अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।'

तिब्बतको भूकम्पले काठमाडौंलाई हल्लाएको थियो २५ सेकेन्ड मंगलबार, पुस २३, २०८१ भूकम्पले लामो समय हल्लाएको छ । 'काठमाडौंमा २० देखि २५ सेकेन्डसम्म हल्लाएको छ,' भूकम्पविद् लोकविजय अधिकारीले भने, 'ठाउँमा अनुसार लामो र छोटो समय हल्लाउने हुन्छ ।'

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ मंगलबार, पुस २३, २०८१ उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको एआईजी थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प मंगलबार, पुस २३, २०८१ स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए-नभएको बारेमा बुझ्ने काम भइरहेको बताए ।

काठमाडौंमा भूकम्प गयो मंगलबार, पुस २३, २०८१ काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ। भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

स्वर्णलक्ष्मी सहकारीमा कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन सोमबार, पुस २२, २०८१ राई सांसद भएको चर्चापछि अनुसन्धान प्रारम्भ गर्न प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए। ‘उहाँ नै हो कि होइन पहिचान गर्नू। हो भने अनुसन्धान प्रारम्भ गर्नु भनेर बोलाएर भनिसकेको छु,’ उनले भने, ‘म्याद तामेली गर्नका लागि हामीलाई वतन चाहिन्छ। बतन र तीन पुस्ते चाहिन्छ।’

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण सोमबार, पुस २२, २०८१ प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ।बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ।

सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ सोमबार, पुस २२, २०८१ ती अधिकृतका अनुसार सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो । अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको छ । लुटिएको झण्डै आधा किलो ४३६.१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

नवलपरासी आलुमा आत्मनिर्भर सोमबार, पुस २२, २०८१ 'गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको छ”,उनले भने,“गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।'

कास्की अदालतमा आज रवि लामिछानेपक्षका वकिलहरूले बहस गर्ने सोमबार, पुस २२, २०८१ पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ।

मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ सम्म बन्द सोमबार, पुस २२, २०८१ उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, दिनभर बदली रहने सोमबार, पुस २२, २०८१ आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले ढाकिएको छ। बदलीको अवस्था भएकै कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्। काठमाडौंको आकाश बादलले ढाकिएका कारण बिहान कम चिसो महशुस गरिएको छ।