मोरङ कारागारमा रहेका कैदीको मृत्युशनिबार, पुस २०, २०८१

हत्या गरी गाडिएको अवस्थामा व्यवसायीको शव फेला शनिबार, पुस २०, २०८१ प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर युवकको नाम भने प्रहरीले खुलाएको छैन । मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला शनिबार, पुस २०, २०८१ काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक शनिबार, पुस २०, २०८१ सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ। उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने बताए।

प्राकृतिक विपद् : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बिमा दाबी शनिबार, पुस २०, २०८१ गत असोजको १० गते पछिको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ रुपैयाँ बराबरको बिमा दाबी भएको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार कूल तीन हजार छ सय ८६ वटा दाबीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार...

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप शनिबार, पुस २०, २०८१ राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ ।

तुलसीपुरमा महोत्सव गर्ने संस्थाले २५ लाख कर तिर्नुपर्ने शनिबार, पुस २०, २०८१ दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय भएको छ। शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए ।

धादिङको सलाङघाटमा आपसमा ठोक्किए दुई वटा कार शनिबार, पुस २०, २०८१ शनिबार बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोक्किँदा दुवै कारमा सवार २/२ जना घाइते भएका हुन्।

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक शनिबार, पुस २०, २०८१ अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति, कारबाहीको माग शनिबार, पुस २०, २०८१ ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ ।

रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुग्यो, कुन–कुन हुन् ? शुक्रबार, पुस १९, २०८१ नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।

चिसो बढेपछि दाउरा वितरण शुक्रबार, पुस १९, २०८१ यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।

तराई-मधेसमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह शुक्रबार, पुस १९, २०८१ चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।