वर्षा र हिमपातको सम्भावनासोमबार, पुस २२, २०८१

चिसोले जनजीवन प्रभावित सोमबार, पुस २२, २०८१ मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।

हराएको एक हप्तापछि मृत भेटिए किशोर-किशोरी सोमबार, पुस २२, २०८१ पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए।

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान विवाद : व्यवसायीले अत्यावश्यक उडान पनि नगर्ने आइतबार, पुस २१, २०८१ वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।

छविलालको बयान : रवि र जीबीले माइन्युटदेखि सहकारीको निवेदन र भौचरमा किर्ते गरे आइतबार, पुस २१, २०८१ लगानी नथप्ने र घर धितो नराख्ने अडानपछि रवि समेतको आग्रहमा आफू सेयर हस्तान्तरण गरेर तीन महिनामै बाहिरिए पनि प्रक्रिया बाँकी रहेको भन्दै आफूलाई सात महिनासम्म कम्पनीका कतिपय गतिविधिमा संलग्न गरिएको उनको बयानमा उल्लेख छ । आफू अमेरिका गएका बखत कम्पनीको सदस्यको रूपमा किर्ते हस्ताक्षर भएको उनको बयानमा उल्लेख छ ।

राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी आइतबार, पुस २१, २०८१ नेटवर्किङमा असफल भएपछि पौडेलले बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोलेका थिए । सोही क्रममा उनले श्रीमान नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेलेका थिए ।

मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षकै नेतृत्वमा जुलुस !, प्रहरीले चलायो गोली आइतबार, पुस २१, २०८१ मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

धोविखोलामा खस्यो ट्याक्सी आइतबार, पुस २१, २०८१ बीएए ८७१४ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन ।

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य आइतबार, पुस २१, २०८१ कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

म्याग्दीको तोरीबारी, जहाँ लाग्छ टिकटिक बनाउनेको भीड आइतबार, पुस २१, २०८१ केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने, स्रोत सुनिश्चित भएन आइतबार, पुस २१, २०८१ बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।

भोलि वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान आइतबार, पुस २१, २०८१ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

ज्वरो आएको छ ? इन्फ्लुएन्जा हुनसक्छ, यी हुन् लक्षण आइतबार, पुस २१, २०८१ यसको रोकथामका निम्ति बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न केन्द्रले सचेत गराएको छ । खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्न, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न, शारीरिक रूपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ तथा पौष्टिक खाना खान र...