News Griha :: न्यूजगृह
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान विवाद : व्यवसायीले अत्यावश्यक उडान पनि नगर्ने

काठमाडौं— सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् ।

वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।

निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीबाट रोक लगाउने निर्णय गरेका थिए ।

उक्त निर्णय फिर्ता लिन वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण सहितका निकायले आग्रह गरिरहेका छन् ।

पटक–पटकको वार्ता निक्र्योलमा पुग्न नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध गरिएको र आपतकालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका हुन् ।

हेर्नुहोस् संघको विज्ञप्ति :

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:४०
Weather Update