News Griha :: न्यूजगृह
१३ वर्षमै धेरै चर्चा बटुलेर गए सचिन
१३ वर्षमै धेरै चर्चा बटुलेर गए सचिन बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए। उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए।
नेकपा (बहुमत) दाङ सेक्रेटरी पक्राउ
नेकपा (बहुमत) दाङ सेक्रेटरी पक्राउ सुदखोर र मिटर ब्याजीको आरोपमा मंसिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि खड्का नेतृत्वको समूहले दुर्व्यवहार गरेका थिए। त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि मोसो दलेको...
१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा
१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा ती कम्पनीलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर ती कम्पनी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। 
हरियो फर्सीको मूल्य प्रतिकिलो १७ मात्रै, हेर्नुहोस् सबै तरकारीको मूल्य सूची
हरियो फर्सीको मूल्य प्रतिकिलो १७ मात्रै, हेर्नुहोस् सबै तरकारीको मूल्य सूची कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा: आजबाट जाहेरवालाका अधिवक्ताको बयान
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा: आजबाट जाहेरवालाका अधिवक्ताको बयान कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएकाले आजदेखि जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने शुक्रबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै  स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
सन् २०२४ मा साढे एघार लाख पर्यटक नेपाल भित्रिए
सन् २०२४ मा साढे एघार लाख पर्यटक नेपाल भित्रिए बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने...
ठगीपूर्ण विज्ञापनबाट सतर्क रहन साइबर ब्युरोको अनुरोध
ठगीपूर्ण विज्ञापनबाट सतर्क रहन साइबर ब्युरोको अनुरोध सामाजिक सञ्जाल प्लाटफर्म र अनलाइनमा ठगीपूर्ण विज्ञापन तथा लिंकहरूबाट सतर्क रहन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ । गिफ्ट प्याकेज दिनेदेखि अनलाइनमा कोठा भाडामा खोजिदिनेजस्ता सेवा दिने भनेर ठगी कार्य भइरहेकाले आफ्ना बैंकिङ खाताको सही सदुपयोग र प्रविधिको सुरक्षित प्रयोग गर्न ब्युरोले बुधबार जारी सूचनामार्फत अनुरोध गरेको हो...
रवि लामिछाने जोडिएको मुद्दामा सरकारी वकिलको बहस सकियो, भोलिदेखि प्रतिवादीका कानुन व्यवसायीको बहस
रवि लामिछाने जोडिएको मुद्दामा सरकारी वकिलको बहस सकियो, भोलिदेखि प्रतिवादीका कानुन व्यवसायीको बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो। बुधबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।
१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका तीन जना पक्राउ
१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका तीन जना पक्राउ शेखले आफ्नो छोराले भगाएर लगेको भनी किशोरीकी आमालाई फोन गरेपछि घटना बाहिरिएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले किशोरीलाई उद्दार गर्नुका साथै घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार ल्याएको र मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा लमजुङ जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी...
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा सर्वोच्च अदालतले पेसी सूची तयार पार्ने क्रममा संवैधानिक पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइएका सबै मुद्दाहरुलाई अरु दुई दर्जनपछि मात्रै पालो आउने गरी राखेको हो । छिटोछरितो रुपमा सुनुवाइ भएपछि अधिवक्ता ओमप्रकाश अर्याल लगायतले छुट्टाछुट्टै दर्ता गरेका निवेदनहरु पालो नआउने अवस्थामा पुगेका छन् ।
देशका ६ स्थान अस्वस्थकर, सबैभन्दा बढी प्रदूषित धनगढी
देशका ६ स्थान अस्वस्थकर, सबैभन्दा बढी प्रदूषित धनगढी बुधबार काठमाडौं उपत्यकासहित देशभरका ६ शहर अस्वस्थकर बनेका छन् । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा ती शहर अस्वस्थकरको सूचीमा परेका हुन् ।वातावरण विभागका अनुसार, उपत्यकाका रत्नपार्क र खुमलटार, कैलालीको धनगढी, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ...
Weather Update