News Griha :: न्यूजगृह
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ ठप्प
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ ठप्प पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ । सामान्य थुनछेक आदेश कार्य भने नरोकिएको स्रेस्तेदार खड्काले बताए । पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियाँवादी देवानी मुद्दाको सङ्ख्या अधिक रहेको उनले बताए ।  
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सात करोडको काठ वन कार्यालयमै कुहिँदै बर्सेनि चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ । तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ । आफ्नो काठ जङ्गलमै कुहाएर बजारमा कृत्रिम अभाव खडा गर्दै विदेशबाट काठ आयात भइरहेको व्यवसायीको आरोप छ । विदेशी काठको आयात रोक्न स्वदेशमा...
मौसममा शनिबारदेखि बदली, आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुने
मौसममा शनिबारदेखि बदली, आइतबार सातै प्रदेशका केही स्थानमा वर्षा हुने  देशका केही स्थानमा शनिबार राति र आइतबार वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए । स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नख्खुडोलमा पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
नख्खुडोलमा पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् ।
मलद्वारमा लुकाएर सुन तस्करी गर्ने तीनजना पक्राउ
मलद्वारमा लुकाएर सुन तस्करी गर्ने तीनजना पक्राउ हिमालय एअरलाइन्सको उडानमार्फत कतारको दोहाबाट उनीहरू काठमाडौं आएका थिए । भन्सार छली लैजान लागिएको उक्त धातुसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
ढोरपाटन नगरपालिकाका मेयर नेपाली र सहकारीपीडितबीच मिलापत्र
ढोरपाटन नगरपालिकाका मेयर नेपाली र सहकारीपीडितबीच मिलापत्र पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 
राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा, नेपाल कति नम्बरमा?
राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा, नेपाल कति नम्बरमा? राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा छ । द न्युज इन्टरनेसनलका अनुसार जसको राहदानीले १९५ देशमा भिसामुक्त पहुँच प्रदान गर्दछ । सिंगापुरपछि जापान, फ्रान्स, जर्मनी, इटाली र स्पेनलगायत धेरै युरोपेली देश छन्, जुन अहिले १९२ गन्तव्यमा पहुँचको साथ तेस्रो स्थानमा छन् ।
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारमा चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।    
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु, तीनजना गम्भीर घाइते रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।
आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयका अनुसार, कोठामा आगो, हिटर वा गिजर प्रयोग गर्दा हावा राम्रोसँग प्रवाह नभए कार्बन मनोअक्साइड जम्मा भएर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र ज्यानसमेत जान सक्छ ।
Weather Update