मनाङमा यसवर्षको पहिलो हिमपात, स्थानीय खुसी सोमबार, पुस २९, २०८१
अकुत सम्पत्ति कमाएको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा दायर सोमबार, पुस २९, २०८१ आयोगले श्रेष्ठ र उनको परिवारविरुद्ध रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको बिगो कायम गर्दै गैरकानुनीरुपमा आर्जन गरेको सम्पति जफत एवम् असूल उपर गर्नुपर्ने मागदावी गर्दै मुद्दा दायर गरेको हो ।
पूर्वपश्चिम राजमार्गः भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो सोमबार, पुस २९, २०८१ पहिले पुल छेउबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक/डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।
रवि लामिछानेको थुनछेक बहस सुरु सोमबार, पुस २९, २०८१ काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।
काठमाडौंको न्यूनतम तापक्रम स्थिर, दिनभर मौसम कस्तो रहन्छ? सोमबार, पुस २९, २०८१ आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो। आइतबार दिनभर बदली हुँदा काठमाडौंमा अरू दिनको तुलनामा चिसो महशुस भएको थियो।
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि सोमबार, पुस २९, २०८१ आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ। आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका...
कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना सोमबार, पुस २९, २०८१ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भू-भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको मृत्यु सोमबार, पुस २९, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको मृत्यु भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित आइतबार, पुस २८, २०८१ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए। उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।
रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुने आइतबार, पुस २८, २०८१ पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो। उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र प्रहरीले जिम्मा लगाएको थियो।
सखरखण्डर र पिँडालुको मूल्य उच्च आइतबार, पुस २८, २०८१ कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज सातै प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात आइतबार, पुस २८, २०८१ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन आइतबार, पुस २८, २०८१ राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।