डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेलामंगलबार, माघ १, २०८१

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ मंगलबार, माघ १, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए। प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो।

पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु मंगलबार, माघ १, २०८१ देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।
![यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/vegetables1684549934.jpg)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य [सूचीसहित] मंगलबार, माघ १, २०८१ कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ तालिका मंगलबार, माघ १, २०८१ सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

यस्तो रहनेछ आज दिनभरिको मौसम मंगलबार, माघ १, २०८१ अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला मंगलबार, माघ १, २०८१ पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

हुस्सु र कुहिरोको चिसोबाट कसरी जोगिने ? मंगलबार, माघ १, २०८१ चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम बढेको छ । बिहान अबेरसम्म हुस्सु र कुहिरो लाग्दा बढी चिसो हुने गरेको छ । कतिपय दिनमा दिनभर पनि घाम नलाग्दा चिसो झन् धेरै हुने गरेको छ । यस्तो अवस्थामा तराई भूभागको जनजीवन नै प्रभावित हुने गरेको छ ।

आज माघे संक्रान्ति पर्व, थारू समुदायले माघी मनाउँदै मंगलबार, माघ १, २०८१ आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान...

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ मंगलबार, माघ १, २०८१ पक्राउ परेकाहरूको बयानका आधारमा किशोरलाई बन्धक बनाएर राखिएको घरधनी रामजी साहलाई प्रहरीले पक्राउ गरेको हो । अपहरित किशोरलाई बन्धक अवस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले शरीर बन्धक हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको...

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा मंगलबार, माघ १, २०८१ विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का सोमबार, पुस २९, २०८१ चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६:४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा रहने सोमबार, पुस २९, २०८१ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।