News Griha :: न्यूजगृह
अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी
अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।
बढ्यो काठमाडौंको न्यूनतम तापक्रम
बढ्यो काठमाडौंको न्यूनतम तापक्रम बुधबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। रातिको समयमा आकाश बादलले ढाकेको अवस्थामा न्यूनतम तापक्रम केही बढ्न सक्छ। बिहीबार दिउँसो काठमाडौंमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। ‍
थुनामुक्त भए रवि, भने- यो देशमा न्याय मरेको छैन
थुनामुक्त भए रवि, भने- यो देशमा न्याय मरेको छैन रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’
यस्तो छ रविलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश [पूर्णपाठ]
यस्तो छ रविलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश [पूर्णपाठ] लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।
५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा, अर्को पेसी माघ ३० मा
५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा, अर्को पेसी माघ ३० मा त्यही आदेशका कारण सुनुवाइ प्रभावित भएपछि संवैधानिक इजलासले नियमित सुनुवाइ गर्न सकेको थिएन । फुयालको इजलासको आदेशका विषयमा न्यायिक टिप्पणी भइसकेको छ । यसअघिको पेसीमा पनि न्यायाधीश फुयाल संवैधानिक इजलासमा थिए । त्यतिबेला पालो नआएपछि फुयालले कुनै निर्णय गरेका थिएनन् । बुधबार भने दोस्रो नम्बरमा रहेको रिटको पालो आएपछि फुयालले...
फेरि ब्युँतिएको हो रक्तचन्दन तस्करीको सञ्जाल?
फेरि ब्युँतिएको हो रक्तचन्दन तस्करीको सञ्जाल? रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) को अनुसूची-२ मा सूचीकृत प्रजातिको वनस्पति हो। साइटिसको अनुसूची-२ मा संकटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ। नेपाल पनि साइटिस अभिसन्धिको हस्ताक्षरकर्ता देश हो।
रविको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरू पनि अदालतमा
रविको मुद्दामा आदेश आउँदै, रास्वपा नेताहरू पनि अदालतमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन्। उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन्।
विवाहको उमेर १८ वर्ष राख्न सुझाव
विवाहको उमेर १८ वर्ष राख्न सुझाव मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।
आगलागीमा परी पाँच महिनामा १६ जनाको मृत्यु
आगलागीमा परी पाँच महिनामा १६ जनाको मृत्यु नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए। उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ।
आशिका तामाङ पक्राउ
आशिका तामाङ पक्राउ बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
बाँकेमा चिसोले जनजीवन प्रभावित
बाँकेमा चिसोले जनजीवन प्रभावित चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा संकेत रिसालले बताउनुभयो...
Weather Update