भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन, कसरी हुन्छ ट्राफिक व्यवस्थापन? बिहीबार, मंसिर ६, २०८१
काठमाडौं उपत्यकामा तीनजना मृतावस्थामा भेटिए बिहीबार, मंसिर ६, २०८१ प्रहरीका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन्।
नेपाल एअरलाइन्सले घटायो हवाई भाडा बिहीबार, मंसिर ६, २०८१ नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन थालेको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात बिहीबार, मंसिर ६, २०८१ हिमपातसँगै मौसम अझै चिसो बनेको छ। हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
भारतीय स्थलसेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान बिहीबार, मंसिर ६, २०८१ नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार द्विवेदी नेपाल भ्रमणमा आएका हुन्। उक्त मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत थिए।
बयानका लागि छविलाल जोशीलाई सरकारी वकिल कार्यालय लगियो बिहीबार, मंसिर ६, २०८१ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा प्रहरीले उनलाई बयानका लागि काठमाडौं ल्याएको हो। उनलाई बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको हो।
ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ बिहीबार, मंसिर ६, २०८१ शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए। उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो।
जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न बिहीबार, मंसिर ६, २०८१ वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज बिहीबार, मंसिर ६, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत असार १६ मा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
कास्की–मनाङ सिमानामा गयो भूकम्प बिहीबार, मंसिर ६, २०८१ बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्याली बिहीबार, मंसिर ६, २०८१ त्यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले बागमती, विष्णुमती लगायत ठूला नदीहरूमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो। पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो।
स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजना पक्राउ बिहीबार, मंसिर ६, २०८१ जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका-१ स्थित राईस मिलको पूर्वदक्षिण कुनाको बाटोमा शङ्कास्पद गतिविधि देखेर उनलाई जाँच गर्दा रकम बरामद गरेको हो।
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एअरलाइन्स कम्पनीलाई पर्यटनमन्त्रीको निर्देशन बुधबार, मंसिर ५, २०८१ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाइएको छलफलमा मन्त्री पाण्डेले बिक्री गरेको टिकटको मूल्य बिहीबार अपरान्ह ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।