काँडाघारीबाट ४ क्विन्टल रक्तचन्दन बरामद, २ जना पक्राउबुधबार, माघ २, २०८१

थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो बुधबार, माघ २, २०८१ सो दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए । सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए ।

आज कति घट्यो काठमाडौंको न्यूनतम तापक्रम बुधबार, माघ २, २०८१ आज दिनभर काठमाडौंको मौसम सफा रहने र साँझपख आंशिक बदली रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। आज १७ देखि १९ डिग्री सेल्सियसकाबीच अधिकतम तापक्रम रहने पूर्वानुमान छ।

२७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै बुधबार, माघ २, २०८१ १९९० माघ २ मा सङ्खुवासभाको चैनपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए। २०४५ साल भदौ ५ गते...

देशका केही भू–भागमा आज वर्षाको सम्भावना बुधबार, माघ २, २०८१ देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागको भनाइ छ ।

रवि लामिछानेको मुद्दामा आज उनका वकिलले बहस गर्ने बुधबार, माघ २, २०८१ मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ । उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । जाहेरवालाका तर्फबाट डा सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन् ।

ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको भीमफेदीबाट उद्धार, चार भारतीय पक्राउ बुधबार, माघ २, २०८१ प्रहरीका अनुसार, मंगलबार ठमेलबाट एकजना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । हराएको भनेको स्थानको सीसीटीभी हेर्दा भारतीय नागरिकहरूले उनलाई गाडीमा हालेर लैजाँदै गरेको फेला परेको थियो ।

कार दुर्घटनामा परी न्यायाधीश रेग्मीसहित दुई घाइते बुधबार, माघ २, २०८१ न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो।

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु मंगलबार, माघ १, २०८१ यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन्। लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता भएका हुन् । परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इजरायल–हमासबीच युद्धविरामको सम्भावना, पहिलो नभए दोस्रो चरणमा विपिन रिहाइ हुने मंगलबार, माघ १, २०८१ परराष्ट्रमन्त्री आरजु राणा र कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीबीच टेलिफोनवार्ता भएको छ । मंगलबार भएको वार्तामा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका सम्बन्धमा कुराकानी भएको थियो ।

डडेलधुरामा गोली प्रहार गरी महिलाको हत्या, श्रीमान् पक्राउ मंगलबार, माघ १, २०८१ डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेका छन् ।

स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने मंगलबार, माघ १, २०८१ यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रूपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रिँदै, चिसो बढ्छ कि घट्छ ? मंगलबार, माघ १, २०८१ यो प्रणालीको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ । 'बिहीबार यो प्रणाली भित्रिनेछ । यसको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ,' मौसमविद् सञ्जिव अधिकारी भन्छन्, 'यसको असर मध्य र पूर्वी नेपालमा खासै पर्ने छैन ।' पूर्वतर्फ धेरै सर्न नपाउँदै यो प्रणाली कमजोर भएर बाहिरिनेछ ।