News Griha :: न्यूजगृह
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं— पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । आज (शनिबार) बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ ।

यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

१९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

 त्यस्तै, पुस २३ मा तिब्बतको दिंग्री केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्का काठमाडौंमा पनि राम्रैसँग महसुस भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १४:१८
Weather Update