News Griha :: न्यूजगृह
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् । 
अमेरिकी सहायक विदेशमन्त्री शुक्रबार नेपाल आउँदै, एमसीसी कार्यान्वयन मुख्य एजेण्डा 
अमेरिकी सहायक विदेशमन्त्री शुक्रबार नेपाल आउँदै, एमसीसी कार्यान्वयन मुख्य एजेण्डा  दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार एकदिने भ्रमणको लागि नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी गराएको हो । लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् । नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । 
कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित
कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २७ गते काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको हो ।
१५ विद्यालयलाई कारबाही 
१५ विद्यालयलाई कारबाही  वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो । 
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।
रोजगारीकै लागि पढाइ छोड्छन् डडेल्धुराका बालबालिका
रोजगारीकै लागि पढाइ छोड्छन् डडेल्धुराका बालबालिका डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा
ट्राफिक नियम उल्लंघन गर्ने झन्डै नौ लाख सवारीसाधन कारबाहीमा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारीसाधनलाई कारबाही गरेको छ ।
सुनसरी र झापामा भारी वर्षा
सुनसरी र झापामा भारी वर्षा
Weather Update